२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थल सङ्कटकालीन योजना,कालो धुँवाको मुस्लो !



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विमान दुर्घटना उद्धारको ड्रिल (पूर्वाभ्यास) गरिएको छ । विमान दुर्घटना हुँदा के गर्ने, विमानमा आगो लागेमा कसरी निभाउने, सम्भावित घाइतेको उद्धार कसरी गर्ने भनेर पूर्वाभ्यास गरिएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

सो क्रममा नेपाली सेना, नेपाल प्रहरीलगायतका सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकको टोलीले पूर्वाभ्यास गरेको थियो । जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्यसको प्रतिकार्यको अभ्यास कार्यका लागि आधा घण्टा विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल सङ्कटकालीन योजना उक्त अभ्यास गरिँदा आकाशमा कालो धुँवाको मुस्लो देखिएको थियो भने दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि सक्रिय पारिएको थियो । यसरी गरिएको उक्त पूर्वाभ्यासले एक छिन त साँच्चिकै दुर्घटना भयो कि भन्ने भानसमेत परेको थियो । रासस




भर्खरै