५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्हासास्थित महावाणिज्यदूतावासबाट विद्युतीय राहदानी सेवा सुरु



अ+ अ-

काठमाडौं । चीनको तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले आजदेखि विद्युतीय राहदानी सेवा सुरु गरेको छ ।

नियोगमा विद्युतीय राहदानी आवेदन दिएको एक नेपाली नागरिकको आवेदन प्रमाणीकरण, ‘लाइभ इन्रोलमेन्ट’ र ‘भेलिडेसन’को कार्य पूरा गरी छपाइका लागि राहदानी विभाग पठाइएको महावाणिज्यदूत नवराज ढकालले जानकारी दिनुभयो ।

सो अवसरमा ढकालले विद्युतीय राहदानीका विशेषताका बारेमा जानकारी दिँदै सहज र सुलभ ढङ्गबाट विद्युतीय राहदानीसम्बन्धी सेवा प्रदान गर्न महावाणिज्यदूतावास कटिबद्ध रहेको बताउनुभयो ।

सो अवसरमा नियोगका सम्पूर्ण कर्मचारी तथा ल्हासामा रहेका नेपालीको उपस्थिति थियो । नियोगले प्रत्येक दिन ३० वटासम्म आवेदन लिनसक्ने व्यवस्था मिलाएको छ । राहदानी आवेदन फाराम अनलाइन भर्न नसक्ने सेवाग्राहीको आवेदन नियोगबाटै निःशुल्क भर्ने व्यवस्था मिलाइएको महावाणिज्यदूत ढकालले जानकारी दिनुभयो ।रासस