२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्रीद्वारा नेपाल एयरलाइन्सका अध्यक्षमाथि गालीगलौज, ‘अडियो टेप’ सार्वजनिक



file photo
अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको फेरी अर्को अश्लील गालीगलौज गर्दै गरेको अडियो टेप सार्वजनिक भएको छ । उक्त अडियो टेपमा मन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि गाली गलौज गरेको सुन्न सकिन्छ ।

अन्नपूर्ण पोष्ट दैनिकले छापेको खबर अनुसार अध्यक्ष अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर पर्यटनमन्त्री आलेले अश्लील गालीगलौज गर्दै हातपात गर्नुभएको हो ।

उक्त अडियो टेप पनि अन्नपूर्ण पोस्ट्‌ले सार्वजनिक गरेको हो । अडियोमा मन्त्री आलेले अध्यक्ष अधिकारीलाई अश्लील गालीगलौज गरेको सुनिन्छ।

आफूले सिफारिस गरेका मान्छेलाई जागिर दिन ढिला गरेको भन्दै मन्त्री आलेले अध्यक्ष अधिकारीमाथि गालीगलौच र दुर्व्यवहार गरेको पर्यटन मन्त्रालय स्रोतलाई उद्धृत गर्दै अन्नपूर्ण पोस्ट्‌ले खबर लेखेको छ।

सार्वजनिक भएको अडियोमा मन्त्री आलेले अधिकारीलाई धम्कीसमेत दिनुभएकाे छ ।