२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आले-अधिकारी प्रकरण: जापानको ई टिकटदेखि झलनाथको दबाबसम्म



फाईल फोटो
अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायूसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी माथी गाली गलौज गर्दे अभद्र व्यवहार गरेको अडियो शुक्रबार बिहान सार्वजनिक भयो ।

अडियो सार्वजनिक भएपछि मन्त्री आलेविरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना पनि भयो । पार्टीले फिर्ता बोलाएका कारण कुनै पनि पद छाड्नु पर्ने भएपछि अर्थात मन्त्रीपद छाड्नु पर्ने भएपछि मन्त्री आलेले आफू जानु भन्दा अगाडि नेपाल वायू सेवा निगमको टिकट अनलाईन प्रणालीमा लैजान पटक-पटक निर्देशन दिएको तर कार्यन्वयन नभएपछि त्यस घटना भएको स्रोतले जानकारी दियो ।

अध्यक्ष अधिकारी निगमकै क्याप्टेन उद्धव घिमिरेसँगको मिलिमतोमा अनलाईन टिकट बिक्रिमा लागि बाधक भएको आरोप मन्त्रीले लगाएका थिए । आफ्नो योजनामा बाधक भएको भन्दै मन्त्री आले अधिकारीमाथि खनिएका थिए । मन्त्रालय उच्च स्रोतका अनुसार यो घटना मन्त्रालयमा नभई बाहिर भएको थियो । मन्त्रालय स्रोतका अनुसार अधिकारीमाथि निगमका महिला कर्मचारीले उजुरी समेत गरेको र त्यस बिषयमा अधिकारीले स्पष्टिकरण समेत दिएका थिए ।

नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल निकट अधिकारीलाई मन्त्री आलेले हटाउन निकै बल गरेका थिए । तर खनालले मन्त्री आलेलाई अधिकारीलाई सोधिएको स्पष्टीकरण फिर्ता लिन र कारबाही नगर्न दबाब दिएको स्रोतले जनायो ।