२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिरलाई आधार मानेर प्रदेश र संघीय निर्वाचनको तयारी थाल्दैछौँः माधव नेपाल



file
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंसिरलाई आधार मानेर प्रदेश र संघीय निर्वाचनको तयारी थालेको बताउनुभएको छ ।

आइतबार समाजवादी प्रेस संगठनको आयोजनामा भएको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सत्ता गठबन्धनमा प्रदेश र संघीय निर्वाचन गर्न मंसिरलाई आधारमा मानिएको भन्दै अध्यक्ष नेपालले अहिलेदेखि नै उम्मेदवारी छनौट र सीट बाँडफाँड थाल्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन कसरी जोगाउने, निर्वाचनमा जुट्नुपर्ने अवस्था छ। ६ महिनाभित्र चुनाव हुन्छ। मंसिरलाई चुनावको लागि आधारमा मानेका छौं। उम्मेदवार र सीट बाँडफाँडका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्नेछ ।’

यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आइतबारमात्रै छलफल भएको उहाँको भनाई छ ।

यस्तै अध्यक्ष नेपालले एसपीपीमा कुनै शंका नगर्न आग्रह समेत गर्नुभयो ।
‘प्रधानमन्त्रीले आज पनि ुनेपालको हितमाथि कुनै पनि आघात हुने कागजमा म बाट सही हुने छैन भन्नुभएको छ ।’ उहाँले भन्नुभयो ।

 




भर्खरै