३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामति कर्मचारीमा नवीन सोच प्रस्फुटनका लागि प्रतिभा डबली सञ्चालन हुँदै



सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारीको नवीन सोच र प्रतिभा प्रस्फुटनका लागि प्रतिभा डबली, २०७९ सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयले आइडिया स्टुडियोसँगको सहकार्यमा निजामति कर्मचारीको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि नवीन सोच, समस्याको पहिचान, समाधानका नवीन उपाय र त्यसका फाइदाबारे उल्लेख गरेर आवेदन फर्म भर्न आह्वान गरेको छ । यही असार १३ गतेभित्र आवेदन बुझाउनुपर्नेछ । प्राप्त आवेदनमध्ये उत्कृष्ट १० विचार, प्रतिभा वा सोचलाई छनोट गरिने र उत्कृष्ट तीनलाई आर्थिक पुरस्कार र सम्मानपत्र पनि दिइने जनाइएको छ ।

शीर्ष तीन आइडियालाई कार्यक्रम र बजेटमा समावेश पनि गरिने छ । प्रतिभा डबलीसम्बन्धी आज आयोजित अन्तक्र्रिया कार्यक्रममा सो मन्त्रालयका सचिव सुरेश अधिकारीले उत्पादन, सेवा प्रवाह, विकास, वातावरण, विपद् व्यवस्थापन, दैनिक कार्यलगायतका क्षेत्रमा नवीन सोच प्रस्ताव गर्न सकिने बताउनुभयो ।

उहाँले नवीन सोच वा नीतिगत निर्णय लिनुअघि त्यसका समग्र पक्षको विश्वेषण गर्नु आवश्यक भएकाले निजामति कर्मचारी केवल जागिरका लागि नभइ सरकारको अङ्ग पनि भएकाले त्यो गम्भीरतालाई मनन गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

निजामति कर्मचारीमा रहेको प्रतिभा प्रस्फुटन गर्न चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार सरकारी प्रणालीको क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवा प्रवाह तथा विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषयमा वा सोका अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभाको उजागर गर्ने अवसर प्रदान गर्न कार्यक्रम सञ्चालनको कार्यविधि जारी गरिएको छ । कार्यविधिनुसार डबलीमा भाग लिन सो मन्त्रालयले सबै मन्त्रालय र निकायलाई गत जेठ ३० गते पत्राचार गरेको छ ।