२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट उनी अध्यक्ष चुनिएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी तथा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ चार वर्षका लागि एन्फा नेतृत्वको सर्वोच्च पदमा पुगेका हुन् ।

नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी राजिव पौडेलले सुन्य मत प्राप्त गरे ।

निर्वाचनमा शतप्रतिशत ८४ मत खसेको छ । ८४ भोटरले एन्फा निर्वाचनमा मताधिकार पाएका थिए ।