२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले गर्यो हेटौँडा कार्यपालिकाको बैठक बहिष्कार



अ+ अ-

हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा नेकपा (एमाले) का जनप्रतिनिधिहरुले कार्यपालिका बैठक बहिष्कार गरेका छन् । मंगलबारको बैठकमा आफ्नो माग पूरा नहुने भएपछि कार्यपालिका बैठक बहिष्कार गरेका हुन् । एमाले जनप्रतिनिधिले बैठकमा दुई बुँदे कार्यविधि संशोधन प्रस्ताव राखेका थिए ।

बैठकमा एमालेले बैठक सञ्चालन कार्यविधि, २०७४ को १५९२० र १५९३० मा रहेको व्यवस्थालाई संशोधन गर्न प्रस्ताव गरेको थियो । हेटौँडा उपमहानगरपालिकामा एमालेको बहुमत छ ।

सो मागका विषयमा उपमहानगर प्रमुख र उपप्रमुख लचिलो नभएको एमालेले जनाएको छ । आफ्नो प्रस्ताव संशोधन नहुने भएपपिछ बाध्य भएर एमाले जनप्रतिनिधिले बैठक बहिष्कार गरेका हुन् ।

यही असार १० गते हुने नीति तथा कार्यक्रमको तयारीका लागि कार्यपालिका बैठक बसेको थियो । बैठकमा नियमसम्मत र मर्यादापूर्वक आफ्ना मागहरु राखेको तर प्रमुख र उपप्रमुखले दम्भ देखाएको एमालेका जनप्रतिनिधिको आरोप छ ।

हेटौँडा उपमहानगरपालिकामा एमालेबाछ १८, नेपाली कांग्रेसबाट ९ र नेकपा (एकीकृत समाजवादी) बाट दुई जना सदस्य छन् । नगरसभामा समेत ५१ सदस्यसहित एमालेको बहुमत छ ।