२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभाग गठन गर्ने देउवाको तयारी



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग गठनको तयारी सुरु गर्नुभएको छ । उहाँले यही असार १० गतेभित्रै विभाग गठनको तयारी सुरु गर्नुभएको हो । नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते छ महिना पुग्दैछ ।

सो दिनअघि नै देउवाले विभाग गठन गर्नुहुने बताइएको छ । किनकी नेपाली कांग्रेसको विधानअनुसार महाधिवेशन सकिएको छ महिनाभित्र विभाग र समितिहरु गठन गरिसक्नुपर्नेछ । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले गत पुस १० गते सपथ लिएको थियो ।

यद्यपि पार्टी सभापति देउवाले एकैपटक सबै विभाग नगर्नु हुने जनाइएको छ । सुरुमा सात/आठवटा विभाग गठन हुनेछ । कांग्रेसमा विधानअनुसार २८ वटा विभाग गरहेका छन् । प्रत्येक विभागमा बढीमा ५१ सदस्य रहने व्यवस्था छ । पार्टी सभापतिले प्रमुख, उपप्रमुख, एक सचिव र सदस्यहरुको नियुक्ति गर्ने विधानमा व्यवस्था छ ।

सोमबार पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति देउवालाई भेटी विभाग गठन गर्न ध्यानाकर्षण गराउनुभएको थियो । उहाँहरुले विभाग गठन, केन्द्रीय समितिको बैठक आह्वान, भ्रातृ संस्था गठनलगायतका विषयमा देउवासँग छलफल गर्नुभएको थियो ।




भर्खरै