२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूल्य वृद्धिको विरोध: एमाले कार्यकर्ताले खोसे सरकारी गाडीका चाबी



अ+ अ-

धनगढी । मूल्य वृद्धिको विरोधमा नेकपा (एमाले) का कार्यकर्ताहरुले धनगढीमा सरकारी गाडीहरुको चाबी खोसेका छन् ।

बुधबार बिहान एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि सरकारी गाडी चलाउन नदिन चाबी खोसेका हुन् ।

उनीहरुले मूल्य वृद्धिको विरोधमा जारी आन्दोलनका क्रममा आज सरकारी गाडी सञ्चालनमा अवरोध गरेका हुन् । आन्दोलनका क्रममा सरकारी गाडी चलाउनेहरुलाई ठाउँठाउँमा रोकेर एमाले कार्यकर्ताहरुले चाबी खोसिदिएका हुन् ।

साँझ ५ बजेपछि चाबी फिर्ता गरिदिने उनीहरुले बताएका छन् ।