२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँको नौ स्थानीय तहको बजेट यस्तो छ



अ+ अ-

तनहुँ । जिल्लाका नौ स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९/८० का लागि आज बजेट प्रस्तुत गर्ने भएको छ । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकाले आज एकैसाथ बजेट प्रस्तुत गर्न लागेका हुन् । भानु नगरपालिकाले बिहीबार नै बजेट सार्वजनिक गरिसकेको छ ।

जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकाले बजेट प्रस्तुत गर्ने गर्दछ । व्यासले एक अर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नगरपालिकाले आज पहिलो सत्रमा वार्षिक नीति तथा कार्यक्रम र दोस्रो शत्रमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

आँबुखैरेनी गाउँपालिकाले पनि बजेट, नीति तथा कार्यक्रम एकैसाथ प्रस्तुत गर्ने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । जिल्लाका भीमाद, शुक्लागण्डकी ऋषिङ, बन्दीपुर, घिरिङ गाउँपालिकाले शुक्रबार एकैसाथ बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । देवघाट र म्याग्दे गाउँपालिकाले भने नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् भने आज बजेट प्रस्तुत गर्नेछन् ।

जिल्लाका स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । चार नगरपालिका र छ गाउँपालिकालाई सरकारले अन्तर सरकार वित्तीय हस्तान्तरणमार्फत उक्त रकम विनियोजन गरेको अर्थमन्त्रालयले जनाएको छ । चार नगरपालिकाका लागि रु दुई अर्ब ४५ करोड ५७ लाख र छ गाउँपालिकाका लागि रु एक अर्ब ८९ करोड ३० लाख बजेट विनियोजन भएको छ ।

भानु नगरपालिकाका लागि चालुतर्फ रु ५२ करोड ७३ लाख र पुँजीगततर्फ रु पाँच करोड नौ लाख गरी कूल रु ५७ करोड ८२ लाख, भिमाद नगरपालिकाका लागि चालुतर्फ रु ३९ करोड ६१ लाख र पुँजीगततर्फ रु चार करोड ९७ लाख गरी कूल रु ४४ करोड ५८ लाख, व्यास नगरपालिकाका लागि चालुतर्फ रु ७१ करोड ३९ लाख र पुँजीगततर्फ रु १४ करोड ३८ लाख गरी कूल रु ८५ करोड ७७ लाख र शुक्लागण्डकी नगरपालिकाका लागि चालुतर्फ रु ४८ करोड २३ लाख र पुँजीगततर्फ रु नौ करोड १७ लाख गरी कूल रु ५७ करोड ४० लाख विनियोजन भएको छ ।

आँबुखैरेनी गाउँपालिकाका लागि चालुतर्फ रु २५ करोड ३४ लाख र पुँजीगततर्फ रु तीन करोड एक लाख गरी कूल रु २८ करोड ३५ लाख, ऋषिङ गाउँपालिकाका लागि चालुतर्फ रु ३२ करोड ८३ लाख र पुँजीगततर्फ रु एक करोड ८१ लाख गरी कूल रु ३४ करोड ६४ लाख, घिरिङ गाउँपालिकाका लागि चालुतर्फ रु २४ करोड ९६ लाख र पुँजीगततर्फ रु तीन करोड ८१ लाख गरी कूल रु २८ करोड ७७ लाख विनियोजन भएको छ ।

देवघाट गाउँपािलकाका लागि चालुतर्फ रु २८ करोड ६४ लाख र पुँजीगततर्फ रु दुई करोड ८६ लाख गरी कूल रु ३१ करोड ५० लाख, म्याग्दे गाउँपालिकाका लागि चालुतर्फ रु २७ करोड ७९ लाख र पुँजीगततर्फ रु चार करोड ७४ लाख गरी कूल रु ३२ करोड ५३ र बन्दीपुर गाउँपालिकाका लागि चालुतर्फ रु २७ करोड ४९ लाख र पुँजीगततर्फ रु छ करोड दुई लाख गरी कूल रु ३३ करोड ५१ लाख बजेट विनियोजन भएको छ ।