२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १३.७८ अंकले वृद्धि



अ+ अ-

तीन हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक शुक्रवार भने सामान्य अंकले वृद्धि भएको छ ।

शुक्रवार नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको हो । यस्तै, सेन्सेटिभ इण्डेक्स २.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले बढेको छ । शुक्रवार कारोबारमा आएका २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता शेयर १ अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबार रकम भने अघिल्लो कारोबारको भन्दा कम भएको छ ।

नेप्सेका १३ उपसूचकहरु मध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने म्युच्युअल फण्ड उपसूचकमा भने गिरावट आएको छ । जसमा फाइनान्स उपसमूहको सूचक सर्वाधिक १.९१ प्रतिशतले बढेको छ भने यता म्युचुअल फण्ड उपसमूहको सूचक ०.६७प्रतिशतले घटेको छ ।

त्यस्तै शुक्रवार कारोबारमा आएका ङादी ग्रुप पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सिवाईसी नेपालको शेयरमूल्य पनि ८.२१ प्रतिशतले बढेको छ । तर यता आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने ७.८८ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा ८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ ।