२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा



अ+ अ-

काठमाडौं । नेपाल चलचित्र ‘घनचक्कर’ शुक्रवार (आज) बाट प्रदर्शनीमा आएको छ ।

फिल्म घनचक्कर निर्माण शुरु भएको ४ वर्षपछि शुक्रवारबाट देशभरका सिनेमा हलहरुमा प्रदर्शन भएको हो । नायक सौगात मल्ल अभिनित कबड्डी ४ र दीपेन्द्र के खनाल निर्देशित फिल्म चिसो मान्छे हलमा प्रदर्शनी भइरहँदा घनचक्करले धेरै हलहरु भने पाउन सकेको छैन ।

प्रदर्शनको पूर्वसन्ध्यामा काठमाडौंमा भएको प्रमियर शोमा फिल्मले सुखद् प्रतिक्रिया पाएको छ । फिल्ममा पैसाको चक्करमा लागेका युवाहरुको कथा समावेश गरिएको छ । फिल्ममा सरोज खनाल, सौगात मल्ल, सलोन बस्नेत, शिशिर भण्डारी, कस्मिरा लामा, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तीमगर, दामोदर पौडल लगायतका कलाकारको अभिनय छ ।

जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेकोे फिल्ममा सुसन प्रजापतीले छायांकन गरेका छन् । अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, मित्र डि गुरुङको सम्पादन, विपिन आचार्य र देव कोइमीको संगीत, अर्जुन सिंहको कथा र काजि लिम्बूको पटकथा–संवादमा फिल्म निर्माण भएको छ ।

हरि भट्ट सूर्यनाथ प्रश्तुतकर्ता रहेको फिल्मको निर्माता करुना अर्याल र संगम भट्ट हुन् । कमेडी जनरामा निर्मित फिल्ममा अनुपम द्विवेदी, अनुपजंग खड्का र सन्तोष सेढाई सह–निर्माता छन् ।