२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङको मुहार -फोटो फिचर



अ+ अ-

मुस्ताङ । मुस्ताङ हिमशृङ्खलाभन्दा उत्तरपट्टि अवस्थित हिमालपारिको जिल्ला हो । धौलागिरि र नीलगिरि दुई अग्ला हिमशिखरहरुको बीचमा अवस्थित यो जिल्ला कागवेनी, मुक्तिनाथ मन्दिर, दामोदरकुण्ड हिन्दू र बौद्ध धर्मावलम्बीहरुको पावन भूमि, पवित्र कृष्णगण्डकी प्रवाहित हुने प्रकृतिको अनुपम दृश्य भएको, पर्यटनका लागि मनमोहक एवं सुन्दर रहेको छ ।

उपल्लो मुस्ताङलाई लोमान्थाङ पनि भनिन्छ । लोमान्थाङमा विशाल मैदानको बीच भागमा बाक्लो पर्खालले घेरिएको बस्ती छ । बस्तीभित्र विशाल ढोकामार्फत छिर्न सकिन्छ ।

लोमान्थाङ आदिमकालको गढी र किल्ला जस्तै हो । यहाँ घरहरु पनि गुजुमुज्ज परेका छन् । तिब्बती परम्परागत संस्कृतिको ऐतिहासिक थलो लोमान्थाङ ऐतिहासिक गुफा, तिब्बती संस्कृति, पठारको रमणीय दृश्य र हिमाली आकर्षणको केन्द्रविन्दु पनि हो । यहाँबाट धवलागिरि र अन्नपूर्ण हिमालहरु नजिकै देखिन्छन् ।

कुनै बेला लोमान्थाङ तिब्बत–नेपाल–भारतको नुन व्यापारको मार्ग पनि थियो । उपल्लो मुस्ताङ हिमाल र पठारको प्राकृतिक सुन्दरताले उत्कृष्ट छ । साथै सांस्कृतिक सम्पदाले भरिपूर्ण उपल्लो मुस्ताङको स्थानीय मौलिकता र ऐतिहासिक गुफाहरुले पर्यटकीय आकर्षण बढाएको छ ।

यहाँ पुगेपछि हिमालसँग साक्षात्कार गर्न पाइन्छ भने वास्तविक हिमाली जीवनको अनुभव पनि लिन सकिन्छ ।

विशेषगरी थकाली, लोवा र गुरुङ समुदायको बसोबास रहेको यस जिल्लाका बहुसङ्ख्यक मानिसहरु बौद्ध धर्म मान्दछन् । परापूर्व कालमा नेपाल र तिब्बत बीचको व्यापारिक मुख्य नाका रहेको यो क्षेत्रको सभ्यता पुरातात्विक उत्खनन्बाट समेत ३००० वर्षभन्दा पुरानो रहेको पुष्टि हुन आएको छ । प्रकृति र संस्कृतिको धनी मुस्ताङ जिल्ला पर्यटकीय तथा धार्मिक दुष्टिकोणले जति प्रसिद्ध छ त्यतिकै जैविक विविधता र जडीबुटीका लागि प्रसिद्ध छ ।

मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूका लागि एक महत्त्वपूर्ण तीर्थस्थल हो । यो तीर्थस्थल समुद्र सतहदेखि ३,७१० मीटरको उचाइमा नेपालको हिमालपारिको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ ‘सय पानी’) भन्दछन् ।

तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ वैष्‍णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्ये एक हो । यो तीर्थस्थल शालिग्राम भगवानका लागि प्रसिद्ध रहेको छ । शालिग्राम वास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुजनिय मानिन्छ ।

यो मुख्यरूपमा कालिगण्डकी नदीमा पाइन्छ । जुन क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ । हिन्दू धार्मिक मान्‍यताका आधारमा यो यस्तो क्षेत्र हो, जहाँ मानिसहरूलाई मुक्ति अथवा मोक्ष प्राप्‍त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौँ संख्यामा हिन्दू धर्मावलम्बी यहाँ तीर्थ गर्नका लागि आउने गरेको पाइन्छ । यो हिन्दू धर्मको दुर्गम तीर्थस्थलमध्ये एक हो ।

मुक्तिनाथ क्षेत्र धार्मिक पर्यटनको प्रसिद्ध गन्तव्य हो । म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाईमार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या बढी छ । यस्तै अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा निस्कने पर्यटक मनाङ हुँदै ‘थोरङ्लापास’ भएर मुस्ताङ आइपुग्छन् । मुस्ताङ छिर्ने अधिकांश पर्यटकले मुक्तिनाथ क्षेत्र घुम्छन् । तीमध्ये केहीले उपल्लो मुस्ताङको यात्रा तय गर्छन् ।

मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको कति हुन्छन् भन्ने यकिन तथ्याङ्क छैन । विदेशीको तुलनामा दोब्बर बढी नेपालीले मुस्ताङको भ्रमण गर्ने गरेको पाइन्छ । पछिल्लो समय घुम्ने संस्कृतिको विकास भएसँगै मुस्ताङ जाने आन्तरिक पर्यटकको पनि घुइँचो लाग्ने गरेको छ। मुक्तिनाथको तीर्थमा जानेदेखि पदयात्रामा रमाउने युवायुवतीको रोजाइमा मुस्ताङ पर्न थालेको हो ।

फोटो- पदम तिमिल्सिना / अल थ्री मिडिया