२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउने नर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार उठाइनुपर्छ: सांसद भुषाल



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद पुष्पा भुसाल गौतमले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा कम्तीमा पनि ३३ प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने व्यवस्था सुनिश्चित गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले समानुपातिक समावेशी प्रतिनिधित्वका लागि ५० प्रतिशत स्थान सुनिश्चित गर्न अबको निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार उठाउने व्यवस्था गर्न माग गर्नुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माहोल बनिरहेका बेला महिला प्रतिनिधित्वले अवसर पाउने की नपाउने भनेर चुनौती बढेको भन्दै उहाँले संविधानले सुनिश्चित गरेको महिलाको समानुपातिक समावेशिताको अधिकारको कार्यान्वयनका लागि पहल गर्न सभामुखमार्फत राजनीतिक दलहरुको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भुषालले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन दलबाट महिला सहभागिता कम भएको गुनासो गर्दै अबका प्रदेश र केन्द्रको निर्वाचनमा दिगो विकास लक्ष्य, विभिन्न अन्तर्राष्ट्रिय सन्धि र नेपालको संविधानको मौलिक हाकको कार्यान्वयनका महिला सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद रेखा शर्माले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दिने बाध्यकारी व्यवस्थाको सुनिश्चितता गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले संविधानले सुनिश्चित गरेको महिला सहभागिताको अधिकार कार्यान्वयनका लागि पनि महिला सहभागितालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय तह निर्वाचनमा करिब ४० प्रतिशत महिला समावेशीको विषय गठबन्धन दलभित्र कार्यान्वयन हुन नसकेको टिप्पणी गर्नुभयो ।