२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति रोड क्यारियरसहित विभिन्न फर्म विरुद्ध मुद्दा दायर



अ+ अ-

राजस्व अनुसन्धान विभागले कर छली अभियोगमा पशुपति रोड क्यारियर नेपाल प्रा.लि.सहित विभिन्न फर्मविरुद्ध उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको छ ।

विभागले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ (पहिलो संशोधन) बमोजिम रु २२ करोड १९ लाख बराबरको बिगो कायम गरी अभियोगपत्र दायर गरेको छ ।

विभागले पशुपति रोड क्यारियर नेपाल प्रा।लि।लगायत विभिन्न १३ वटा फर्महरुले भन्सार नाका प्रयोग नगरी प्रज्ञापन पत्र समेत नभरी सामान आयात गर्दा सरकारलाई बुझाउनुपर्ने राजश्व नबुझाई आपसमा मिलेमतोमा राजश्व चुहावट गरेको भन्दै मुद्दा दायर गरेको हो ।