२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गनुपर्छः अध्यक्ष नेपाल



file
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गनुपर्ने बताउनुभएको छ ।

पार्टीको केन्द्रीय प्रचार विभागले आज जिल्ला अध्यक्षहरूसँग गरेको अन्तरक्रियामा अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिलेदेखि नै प्रदेश, जिल्ला, वडा तहसम्म सङ्गठन सुदृढीकरण गरी मतदाताका घरघरमा पार्टीले अवलम्बन गरेको विचार आदर्शलाई पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

महासचिव डा बेदुराम भुसालले मुलुकमा संविधान र राजनीतिक प्रणालीको संरक्षण गर्न तत्कालीन नेकपा ९एमाले०बाट विद्रोह गरी स्थापना गरिएको उक्त पार्टी जनतालाई सामाजिक न्याय, समानताका लागि क्रियाशील हुनुपर्ने विचार व्यक्त गर्नुभयो । पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले केन्द्रीय प्रचार विभागले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा सीमित स्रोत र साधनबाट विभिन्न चुनावी प्रचार सामग्री उत्पादन गरेको बताउँदै प्रदेश, जिल्ला कमिटीले गठन गरेको प्रचार विभागलाई केन्द्रले समन्वय गर्ने बताउनुभयो ।

प्रचार विभाग उपप्रमुख एवं समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले आफ्नो संस्थाले अहिलेसम्म ४० जिल्लामा सङ्गठन विस्तार गरेको जानकारी दिँदै बाँकी स्थानमा पार्टीसँग समन्वय गरी गठन गरिने र प्रदेशस्तरीय भेला छिट्टै गरिने बताउनुभयो ।