२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघ र प्रदेशको निर्वाचन मंसिरभित्रै हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया



फाइल फोटो
अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मंसिरभित्रै संघ र प्रदेशसभाको निर्वाचन हुनसक्ने भएकाले आयोग सोको तयारीमा रहेको बताउनुभएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भ कार्यक्रममा उहाँले संघ र प्रदेशसभाको निर्वाचन गराउने दायित्व आयोगको रहेकाले सोबारे निर्णय हुन बाँकी रहेको बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा मत गणनास्थलमा बाध्यता र सुरक्षाका कारण तारबार लगाउनुपरेको स्पष्ट गर्नुभयो । यद्यपि उहाँले लोकतन्त्रमा त्यस्तो गरिनु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।