२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटा ‘मृत्युको पहाड’ जसले ८० लाख मानिस निल्यो !



अ+ अ-

एजेन्सी । यसलाई मृत्युको पहाड पनि भनिन्छ । बोलिभियाको दक्षिण–पश्चिम क्षेत्रमा केरो रिको माउन्टेन मानिसलाई खाने पहाडको नामले परिचित रहेको छ ।

तर, पहिला भने यस्तो थिएन । बोलिभियामा लामो समय स्पेनको राज रहेको थियो । उनीहरुले यस माउन्टेनलाई रिच माउन्टेन समेत भन्थे । यस माउन्टेनमा चाँदी अथाहा पाइने भएका कारण पनि रिच माउन्टेन भनिन्थ्यो ।

स्पेनिसहरुलाई लाग्थ्यो कि यो पुरै पहाड भरी चाँदी रहेको छ । तर, स्थानीय मानिसहरु भने यस पहाडलाई सरापको रुपमा लिने गर्थे । १६ औ शताब्दीदेखि हालसम्म ८० लाख मानिसहरुलाई यस पहाडले निलिसकेको छ ।

१५४५ मा स्पेनिसहरुले केरो रिको पहाडको तल्लो भागमा एउटा सानो शहर निर्माण गरेका थिए । उनीहरुले बोलिभियाका ३० भन्दा बढी मानिसहरुलाई माइनिङका लागि उक्त स्थानमा काम गराएका थिए । स्पेनिसहरुले उक्त पहाडबाट २ अर्वभन्दा बढी मुल्य बराबरको चाँदी निकालेको अनुमान गरिन्छ ।

यसरी पहाडमा माइनिङको काम गर्दा पहाडको उचाइमा कमी आएको छ । लगतार पहाड खन्ने कामले यहाँ धेरै सुरुङहरु बनेका छन् । यसकारण पनि माइनिङमा समस्या पर्दै आइरहेको छ । हरपल दुर्घटनाका समस्याहरु बढ्दै गइरहेको छ । हाल यहाँ १५ हजारभन्दा बढी मानिसहरु काम गरिरहेका छन् । एक रिपोर्टका अनुसार प्रत्येक महिना १४ देखि २० जना महिलाहरु विधवा हुने गरेका छन् । पुरुषहरुलाई मात्र यहाँ काम लगाउने गरिन्छ ।

यहाँ काम गर्नेहरुको औसत उमेर ४० वर्ष रहेको छ । इतिहासकार एडुआर्डो गेलीनोका अनुसार १६ औ शताब्दीदेखि हालसम्म उक्त पहाडमा ८०लाखभन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ । केही आलोचकहरुका अनुसार ८० लाखभित्र त्यस्ता मानिसहरुलाई पनि गनिएको छ जसले यो स्थान छोडर अन्त गएका थिए ।