२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली चलचित्र प्रसाद २ निर्माण हुने



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र प्रसाद २ निर्माण हुने भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको औपचारिक घोषणा भएको हो । चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहनेछ भने फिल्म निर्देशन सुदर्शन थापाले गर्नुहुनेछ । फिल्म २०७५ सालमा प्रदर्शनमा आएको प्रसादको सिक्वेलको रुपमा निर्माण हुन लागेको हो ।

सुशील पाण्डेको निर्देशन रहेको फिल्मलाई केशव पाण्डे र सुवाष थापाले निर्माण गर्न लागेका हुन् । कार्यक्रममा बोल्दै नायक विपिन कार्कीले प्रसादको साँखलाई जोगाउने गरेर फिल्म बन्नेमा आशावादी रहेको बताउनु भयो । उहाँले दर्शकलाई फिल्मले निराश नबनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले सञ्चारमाध्यममा पारिश्रमीक नमिल्दा फिल्ममा काम गरेन भन्ने आरोप लागेपनि त्यो सत्य नभएको र अन्य फिल्महरुको समय र आउने फिल्मको समय एकैपटक हुँदा काम गर्न नसकेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा नायिका नम्रता श्रेष्ठले प्रसाद २ झनै राम्रो हुनेमा विश्वस्त रहेको बताउनु भयो । फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ, अर्पण थापा, राज कटुवाल, कमलमणी नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारी लगायतको अभिनय रहनेछ ।