२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूलाई पार्टीबाट निष्कासन गर्नेलाई उल्टै वामदेवको जवाफी कारबाही



अ+ अ-

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट निष्कासित गरेको भन्दै विज्ञप्ति निकाल्ने पाँचजनालाई जवाफी कारबाही गरेका छन् ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले सचिवालय सदस्य युवराज सफलसहित पाँचैजनालाई निष्कासन गर्ने निर्णय लिएको हो ।

अनुशासनविपरीतका क्रियाकलाप गरेकाले उनीहरूमाथि कारबाहीको निर्णय भएको पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । पार्टीका ९ जना सचिवालयमध्ये ७ जना हिजोको बैठकमा सहभागी थिए । पाण्डेका अनुसार युवराजलाई कुनै पनि अवस्थामा पार्टीमा नफर्काउने गरी निष्कासन गरिएको छ भने अन्य ४ जनालाई आत्मालोचना गरेमा पार्टीमा फर्कन सकिने विकल्प दिइएको छ ।

शनिबार वामदेवलाई कारबाहीको विज्ञप्ति जारी गर्नेहरूले आफूहरूसँग पार्टीको बहुमत रहेको दाबी गरेका थिए । तर, उनीहरूको दाबी हास्यास्पद रहेको पाण्डे बताउँछन् ।