२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अङ्कले ओरालो लागेर दुई हजार ७६.६७ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८९ अङ्कले ओरालो लागेर ३९५.९४ मा ओर्लेको छ ।

कूल २३४ कम्पनीको एक करोड नौ लाख ८१ हजार ५९१ कित्ता शेयर ७५ हजार ७९० पटक कारोबार भयो । आजको कूल कारोबार रु चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ बराबरको रह्यो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ६१ अर्ब ८५ करोड ९१ लाख ८६ हजार २९० बराबर रहेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने नो उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । जीवन बीमा ५८.६८, सामूहिक लगानी कोष ०.०१, निर्जीवन बीमा ४८.०७ र व्यापार १४०.१५ अङ्कले उकालो लाग्यो । बैंकिङ १.९७, विकास बैंक ५२.९६, वित्त ६.३१, होटल तथा पर्यटन ४६.८९, जलविद्युत् १२.८५, लगानी ०.०५, उत्पादन ४५.३८, लघुवित्त ६१.२५ र अन्य उपसमूह २९.६९ अङ्कले ओरालो लाग्यो । कारोबार भएकामध्ये आज ७१ कम्पनीको शेयर मूल्य उकालो लाग्यो भने ११६ कम्पनीको ओरालो लागे । ६ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ५८ लाख ८३ हजार २७१ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु १६ करोड ९० लाख ५१ हजार ४२७, एशियन लाइफ इन्स्योरेन्स रु १२ करोड ९६ लाख ६७ हजार २१८, अरुण काबेली पावर रु ११ करोड ७८ लाख ८६ हजार ६५४ र माथिल्लो तामाकोशी रु ११ करोड ६७ लाख तीन हजार १२७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सिवाइसिएल नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्यो । न्यादी ग्रुप पावर ९.९८, सामलिङ पावर कम्पनी ७.७०, साल्ट टे«डिङ कर्पोरेशन ६.८५ र विशाल बजार कम्पनीका लगानीकर्ताले ६.६७ प्रतिशतले कमाए । ग्लोबल आइएमई बैंकको ऋणपत्र ९.७५, युनियन हाइड्रोपावर ६.१८, ग्रीन लाइफ हाइड्रोपावर ६.०४, मैलुङ खोला जलविद्युत् कम्पनी ५.९३ र समटि लघुवित्तका लगानीकर्ताले ५.९१ प्रतिशतले गुमाए ।




भर्खरै