२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनशक्ति थपेर काठमाडौँको दैनिक सफाइ



अ+ अ-

काठमाडौँ । सहरी सरसफाइका लागि काठमाडौँ महानगरले थप १ सय ५० जना जनशक्ति परिचालन गरेको छ । महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा जनशक्ति थपेको हो । यसअघि नियमित सरसफाईमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन हुने गरेको वातावरण तथा कृषि व्यवस्थापन विभागका प्रमुख सरिता राईले बताएका छन् ।

सहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्र छुट्याई जनशक्ति परिचालन गरिएको छ । सरसफाइ तथा अनुगमन शाखाका प्रमुख नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्ट भन्छन् , ‘एउटा समूहमा २० देखि २२ जनासम्मलाई खटाइएको छ । रत्नपार्क, रानीपोखरी, कमलपोखरी तथा ट्राफिक आइल्याण्डहरुको सफाइमा छुट्टै समूह बनाइएको छ । यस्तै तत्काल परिचालन गर्न सकिने गरी १५ जना जनशक्ति राखिएको छ ।’

काममा खटाइएका जनशक्ति परिचालन गर्न हरेक समूहमा एक एक जना नगर प्रहरीलाई कमाण्डर तोकिएको छ ।

यसरी खटाइएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम गर्ने गरेका छन् ।




भर्खरै