२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि साझाका बिजुली बस चल्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । साझा यातायातले आजदेखि बिजुली बस सञ्चालन गर्दैछ । साझाले नेपालमै पहिलो पटक सुविधासम्पन्न बिजुली बस सञ्चालन गर्न लागेको हो ।

हाललाई साझाले तीन वटा बिजुली बस सञ्चालन गर्ने भएको छ । रत्नपार्क, ठमेल, नयाँ बसपार्क हुँर्द एयरपोर्ट रुटमा दुई वटा र लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा एउटा बस सञ्चालन हुनेछ ।

साझाको बिजुली बस अपांगता भएकालाई पनि सहज हुने गरी बनाइएको छ । ह्विल चियरको सहयोगमा उनीहरु बसमा चढ्न र ओर्लन सक्नेछन् । बसभित्र पनि उनीहरुलाई छुट्टै सिटको व्यवस्था गरिएको बताइएको छ ।

कूल २६ सिट भएको बसमा उभिएर यात्रा गर्न परेको अवस्थामा ह्यान्डल बारको पनि व्यवस्था गरिएको छ । बसमा चालक, परिचालक, अपांगता र ज्येष्ठ नागरिकका लागि सिट छुट्याइएको छ ।

सिसिटिभी र टिभी जडान गरिएकाले बिजुली बसमा चोरी डकैती र पकेटमारको समस्या यात्रुहरुलाई हुनेछैन ।

वाइफाइको समेत सुविधा भएको बसमा फोहर व्यवस्थापनका लागि डस्टबिन पनि राखिएको छ । यात्रुलाई गन्तव्यमा पुगेपछि ओर्लनका लागि चालकलाई सूचना दिने विशेष बटमको सुविधा जडान गरिएको छ । आफ्नो गन्तव्य आएपछि यात्रुले सो बटमा थिचेर गाडीलाई रोक्न सक्नेछन् ।




भर्खरै