२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ बुँदे ज्ञापनपत्र सम्बोधनका लागि राप्रपाको मुलुकभर प्रर्दशन



अ+ अ-

काठमाडौं । राप्रपाले सरकारलाई पेश गरेको २२ बुँदे ज्ञापनपत्र सम्बोधनका लागि दबाब दिन आज देशभरि नै सानाठूला प्रदर्शन सहित ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना दिएको छ ।

राप्रपाले गत असार १ गते प्रधानमन्त्रीलाई राजनीतिक मागका अतिरिक्त जनजीविकासंग सम्बन्धित विविध २२ बुँदे माग सहितको ज्ञापनपत्र पेश गरेको थियो । सो माग पुरा गराउन दबाब दिने उद्देश्यले राप्रपा असार १३ गतेदेखि बिभिन्न किसिमका आन्दोलित गरिरहेका छ ।

यसक्रममा राप्रपाले असार १३ गते किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग गर्दै ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा ज्ञापनपत्र र धर्ना दिएको थियो । आफ्नो माग सम्बोधन गर्न राप्रपाले असार १७ गते साँझ देशका सबै जिल्ला सदरमुकाममा राँके जुलुस समेत गरेको थियो । असार १९ गते राप्रपा आबद्ध ट्रेड युनियनले श्रमिकको उचित ज्याला र श्रमिकको जीवन बिमाको व्यवस्था हुनुपर्ने भन्दै श्रममन्त्रीको ध्यानाकर्षण गराएको थियो । सोही कार्यक्रमको निरन्तरता स्वरूप आज असार २४ गते भ्रष्टाचार नियन्त्रणको माग सहित देशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना दिएको हो ।

राप्रपाको विद्यार्थी संगठनले असार २७ गते देशका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन र कक्षा १२ सम्मको अध्ययन नि स् शुल्क गराउन माग गर्दै शिक्षामन्त्रीलाई र असार ३१ गते महिला संगठनले महिला हिंसाका घटना बारे महिला, बालबालिका मन्त्रीलाई विविध कार्यक्रम सहित ज्ञापनपत्र पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।




भर्खरै