२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रममन्त्री कुँवर र आइएलओका राष्ट्रिय निर्देशक डा.रिचार्डबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ० का राष्ट्रिय निर्देशक डा. रिचार्ड हवार्डबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री कुँवरले श्रमिकको उचित न्याय र स्वदेशमै रोजगारी सिर्जनाका लागि मन्त्रालयले गरिरहेको तयारीबारे जानकारी गराउनु भएको थियो ।

त्यस्तै मन्त्री कुँवरले आइएलओले नेपालको श्रम व्यवस्थित बनाउन र सामाजिक सुरक्षा सम्बन्धी योजनाहरुमा गरिरहेको सहयोका लागि धन्यवाद दिदै आगामी दिनमा सहकार्यलाई निरन्तार दिन आग्रह गर्नु भयो ।

उहाँले मन्त्रालयको तर्फबाट श्रमिकको हक अधिकार सुनिश्चित गरी विदेशमा सिकेको सिपलाई नेपालमै लागु गर्न पहल भइरहेकाले आइएलओलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ ।

भेटमा राष्ट्रिय निर्देशक डा। हवार्डले नेपाललाई सहयोग गर्न पाएकोमा खुसि व्यक्त गर्दै, आगामि दिनमा पनि श्रमिकको सुरक्षा, न्याय र रोजगार बृद्धिका लागि गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।