२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथ अभिनेता विक्रमलाई हृदयघात



अ+ अ-

एजेन्सी । साउथ (तमिल) अभिनेता विक्रमलाई हृदयघात भएपछि चेन्नईको कावेरी अस्पतालमा भर्ना गरिएको छ ।

उनको निजी अस्पतालमा उपचार भईरहेको र डाक्टरहरुले हेरचाह गरिरहेको उनका प्रवक्ताले जनाएका छन् । उच्च ज्वरो र असहजताको गुनासो भएपछि उनलाई अस्पताल लगिएको थियो ।

योसँगै फ्यानदेखि लिएर सेलिब्रेटीसम्म यो खबरले स्तब्ध भएका छन् र उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

विक्रमको अवस्था अहिले स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ । रिपोर्टका अनुसार, विक्रम जुलाई शुक्रबार साँझ ६ बजे आफ्नो आगामी फिल्म ‘पोनियिन सेल्भान पार्ट १’ को टिजर लञ्च कार्यक्रममा सहभागी हुने थिए । तर त्यसअघि नै उनलाई हृदयघात भयो ।

विक्रमको जन्म १७ अप्रिल १९६६ मा चेन्नईमा भएको थियो । उनले सन् १९९० मा पहिलो पटक अभिनयको दुनियाँमा प्रवेश गरे । त्यसपछि सन् १९९९ मा आएको फिल्म ‘सेतु’ ले उनको करियर बदल्यो । उनले ‘आई’, ‘इरु मुगन’, ‘सामी’ जस्ता धेरै फिल्ममा काम गरेका छन् ।