२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमलाई



PgPkmlkh] km’6;n sf7df8f}+ c;f/ @% M /fli6«o kmf]6f]kqsf/ ;d”x -PgPkmkLh]_ g]kfn4f/f sf7df8f}{+df cfof]lht km’6;n k|m]08nL Dofrdf ePsf] km’6;n k|ltof]uLtsf] pkfwL ljh]tf xfd|f] km’6;n kqsf/ l6dnfO{ 6«lkm x:tfGt/0f ub}{ ;:yfsf cWoIf k|bLk/fh jGt . t:jL/ M rGb|snf If]qL÷ /f;;
अ+ अ-

काठमाडौं । एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे०को २५औँ वार्षिक उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगितामा उक्त टिमले जित हात पारेको हो ।

स्वस्तीश्री गुरुकूल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ टिम सहभागी थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टिमबीच प्रतिस्पर्धा भएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस), वरिष्ठ पत्रकार ऋषि धमलाको टिम, सिलापत्र, गोरखापत्र, हाम्रो जन्मभूमि, नियात्रा टिभी, रेडियो पर्यावरण, फोटो पत्रकार सङ्घ धादिङ, हाम्रो फुटसल टिम, गुरुङ पत्रकार सङघलगायत टिमको सहाभागिता थियो ।

त्यसैगरी दोस्रो चरणमा जितेर आएको छ टिम खेलेका थिए । सेमिफाइलनमा धादिङ फोटो पत्रकार समूह र एटजोन गुरुङ पत्रकार टिमबीच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले वाइ पाएर सिधैँ फाइनलमा पुगेको थियो ।

धादिङ टिमलाई दुईका विरुद्ध चार गोलअन्तरले हराउँदै हाम्रो फुटसल पत्रकार टिमले उपाधि हात पारेको थियो । प्रतियोगिताको म्यान अफ दी म्याच वासु अवालले पाएका थिए । उत्कृष्ट गोलकिपर धादिङ फोटो पत्रकार सङ्घका श्रीकृष्ण भण्डारीले पाउन सफल भए ।

साथै विजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले वितरण गर्दै संस्थाको २५औँ स्थापना दिवसका अवसरमा पत्रकार तथा फोटो पत्रकारबीच भाइचाराको सम्बन्ध विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । उक्त कार्यक्रममा विजबजार डटकम र स्वस्तीश्री गुरुकूल स्कुलको सहयोग थियो ।