४ असार २०८३, बिहीबार
,
Latest
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि… अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित धौलागिरिका घुम्ती गोठ सङ्कटमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’ चीनको औपचारिक भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री स्वदेश फिर्ता विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित विश्वकप फुटबलः पोर्चुगल र कंंगोको खेल बराबरीमा १०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकको ठक्करबाट एकको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

चितवन । भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

घटनामा परी इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना५ख ८४९७ नंको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना२६प ४८५१ नंको स्कुटरलाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका–४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । पछाडि सवार गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।