२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्छः शेखर कोईराला



file
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

पार्टीको केन्द्रिय समितिको बैठकका लागि केन्द्रिय कार्यालय सानेपा पुग्नुभएका नेता कोईरालाले सरकारले राष्ट्रिय सभामा दर्ता गराएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताउनुभएको हो । उहाँले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर बिरोध गरेको भन्दै सो विधेयक लैजानु नहुने बताउनु भयो । त्यस्तै उहाँले नागरिकतासम्बन्धी विधेयकमा राजनीति गर्नु नहुने बताउनु भयो ।

सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर जन्मसिद्धका सन्तानलाई नागरिकता दिनुपर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘नेपाली काँग्रेसले धेरै पहिले मलाई सम्झना छ, २०७८ सालमै ओलीजीको पालामा नै यो गलत प्रक्रिया हो । यसरी गर्नु हुँदैन भनेर भनेको । त्यो विधेयक लग्नै हुँदैन । त्यो त त्यसै फिर्ता गर्नुप¥यो । नागरिकतासम्बधी विधेयकमा हामीले राजनीति गर्नु हुँदैन ।

यसमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर नागरिकता दिनैपर्छ । नागरिकतामा पनि हामी राजनीति गर्छौं । आमा र बुबा दुवै यो देशको जन्मसिद्ध नागरिक छन् । तर उनका छोराछोरी नहुनु भएको यो त एकदम दुर्भाग्य हो । यसलाई छिटोभन्दा छिटो निक्र्यौल गर्न जरुरी छ ।’

डा. कोईरालाले नागरिकतासम्बन्धी विधेयकको छिटोभन्दा छिटो निक्र्यौल गर्न जरुरी रहेको बताउनु भयो ।