२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा सरकार खोज्दै सांसद: यो मुलुकमा सरकार छ र ? सासंद देवकोटा



अ+ अ-

काठमाडौँ। राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले मुलुकमा सरकार छ कि छैन भन्दै प्रश्न गर्नुभएको छ । राष्ट्रियसभाको बैठकमा बोल्दै सासंद देवकोटाले आफूले पटक पटक सरकार खोजेको बताउनुभयो ।

“यो मुलुकमा सरकार छ कि छैन ? सरकार कसले चलाएको छ ? मैले बुझ्न सकेको छैन । ललितपुरको भैँसेपाटी जाने ५०० मिटर मात्र सडक छ । त्यो सडक बनाउन मैले दर्जनचोटि विभागीय मन्त्रालयका कर्मचारीलाई हार गुहार गरिसकेँ”,।

उहाँले भन्नुभयो, “यो विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, दुई चोटि अर्थमन्त्री हुनु भएका विष्णु पौडेल, तत्कालीन भौतिक योजनामन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री वामदेव गौतम हिँड्ने त्यो बाटो जम्मा ५०० मिटर छ ।

६ वर्षदेखि लथालिङ्ग छ, भद्रगोल छ र ५०० मिटर बाटो बनाउन कति पटक यो सरकारलाई भन्ने  यो मुलुकमा सरकार छ कि छैन ? हामीले कतिचोटि हारगुहार गर्ने ? यो विषयमा सम्बन्धित मन्त्रीले यो संसदमा जवाफ दिन अनुरोध गर्दछु ।