५ असार २०८३, शुक्रबार
,
Latest
झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख निर्वाचनः लोसपाको समर्थन पुष्पा भुसाललाई



अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले उपभामुख निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सर्मथन गर्ने भएको छ ।

आफूहरु सत्ता गठबन्धनमा भएकाले नपाली कांग्रेसका उम्मेदवार पुष्पा भुसाललाई नै सर्मथन गर्ने लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

यद्यपि त्यसबारे औपचारिक निर्णय आजै बस्ने संसदीय दलले गर्ने उनको भनाइ छ ।

सत्ता गठबन्धनबाट उपसभामुखकी उम्मेदवार पुष्पा भुसाल छिन् भने नेकपा एमालेबाट विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

आजै तीन बजे संसद बैठकबाट उपसभामुख चयन हुने कार्यतालिका छ ।

नेकपा एमालेले लोसपाले उम्मदेवारी दिए सर्मथन गर्ने बताएको थियो । तर, लोसपाले उम्मेदवारी नदिएपछि एमालेले आफ्नो उम्मेदवार उठाएको हो ।