५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा ७ मा ‘युवासँग वडाध्यक्ष’ कार्यक्रम सम्पन्न



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नंं ७ ले ‘युवासँग वडाध्यक्ष’ कार्यक्रम सम्पन्न गरेको छ । वडाले सम्पादन गर्ने पूर्वाधार, सहरी सेवा तथा व्यवस्थापनमा युवाहरुका सोचलाई सामेल गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ४ का संघीय संसद सदस्य गगनकुमार थापाले, युवाहरुबाट व्यक्त भएका गुनासा, जिज्ञासा तथा मागका रुपमा आएका सवालहरुलाई वडाले सम्बोधन गर्नुपर्ने बताउनुभयो । कतिपय प्रश्नको आफैँ उत्तर दिन सक्छ । कतिपय सवालहरुका सन्दर्भमा समन्वय गर्नुपर्ने हुन्छ । वडाबाट यो काम हुन्छ भन्नेमा मैले विश्वाश लिएको छु । संसद सदस्य थापाको भनाइ थियो ।

उहाँले सहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन, सडक पेटी, घरेलु फोहोर र ट्राफिक व्यवस्थापन, पर्यटनजस्ता क्षेत्रसँग युवाका नविन सोचको सम्बन्ध स्थापना गराउन आफू क्रियाशील भएर काम गर्ने बताउनुभयो ।

‘वडाको समृद्धिका लागि हामी युवाहरुको साथमा अगाडि बढ्ने योजनामा छौँ । वडाबाट वितरण हुने सेवा तथा सुविधा सबै वडाबासीको समान पहुँचमा पु-याउन युवाको साथ र सहभागिता आवश्यक छ ।’ कार्यक्रमबा बारेमा जानकारी दिँदै वडाध्यक्ष वडाध्यक्ष विमलकुमार होडाले, युवाहरु के सोच्नुहुन्छ भन्ने विषयमा जानकारी लिन उहाँहरुलाई डाकेर कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा व्यक्त धारणा र सोचलाई वडा व्यवस्थापनमा उपयोग गरिने व । स्वास्थ्य, शिक्षा र पूर्वाधार सुधारका लागि काम गर्ने वडाध्यक्ष होडाको भनाइ थियो ।

कार्यक्रममा वडा क्षेत्रको विकास तथा व्यवस्थापनका लागि सक्रिय युवाहरुले आफूले गरिरहेको काम, त्यसबाट प्राप्त नतिजा र दिगो उपयोगका लागि वडाबाट गरिएको अपेक्षाबा विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँहरुको प्रस्तुतिमाथि सहभागी युवाहरुले प्रश्न तथा जिज्ञासा राख्नुभएको थियो । ती सवालहरुका विषयमा प्रस्तुतकर्ता, वडाध्यक्ष र संघीय संसद सदस्यले उत्तर दिनुभएको थियो ।

कार्यक्रममा मानसिक स्वास्थ्यको समस्या र समाधानका उपाय, शारीरिक स्वास्थ्य जाँच र उपचार, खानेपानी र सडकमा बेचिने खाद्य बस्तुको गुणस्तर, फोहोरमैला व्यवस्थापनजस्ता विषयमा प्रश्न आएका थिए । यसै गरी लोक सेवा आयोगबाट सेवामा प्रवेशको बाटो, पर्यटन र उद्यमशीलताजस्ता विषयमा युवाहरुको सहभागिता खोजिएको थियो । वडाले सस्तो पसल खोल्नु पर्ने, सडक व्यापारलाई नियन्त्रित र गुणस्तरीय बनाइनुपर्ने, पैदल मार्ग निर्वाध हुनुपर्ने, वडाको कुन ठाउँमा कुन निकायले के काम गरिरहेको छ? यदि कसैले जानकारी लिन चाह्यो भने सजिलै प्राप्त गर्न सकिने संयन्त्र हुनुपर्ने युवाहरुको माग थियो ।

कार्यक्रममा वडा सदस्यहरु उज्जल अर्याल, सुरेश शाही र कल्पना सुन्दास लगायत उपस्थित हुनुहुन्थो ।