४ असार २०८३, बिहीबार
,
Latest
प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्प दंशका बिरामी बढे



अ+ अ-

जलेश्वर । लगातारको बढ्दो गर्मीका कारण महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्प दंशका बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख डा सतिश साहका अनुसार विगतमा कहिलेकाहीँ एक/दुईजना सर्प दंशका बिरामी आउने गरेको यस अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म आउने गरेका छन् ।

जिल्लामा केही दिनदेखि अधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक, झाडी, फोहरका डङ्गुर र कच्ची तथा प्लाष्टर बिनाको पक्की घरमा बस्ने सर्वसाधारणलाई टोक्ने गरेको बिरामीको भनाई उद्धृत गर्दै उहाँले बताउनुभयो ।विभिन्न ठाउँमा लुकेर बसेका सर्पलाई मानिसले चलाए वा नजानेर पनि छुन गएको खण्डमा टोक्ने गर्दछ । साहले यस अस्पतालमा आउनेमध्ये अघिकांशलाई विषरहित सर्पले टोकेको तथा केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेको मेसु साहले जानकारी दिनुभयो ।

अहिले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगी देखिएको स्थानीयवासीले बताए । जिल्लाको विभिन्न ठाउँबाट र सीमापारी भारतबाट पनि दर्जनौँ मानिस उपचारका लागि आउने गरेका छन् । जिल्लामा देखापर्ने विषरहित सर्पमा ढोरिया, हरहरालगायत सर्प छन् भने विषालुमा सबैभन्दा बढी करेत र गोमन सर्प पनि देखा परेका छन् । विगत दुई सातादेखि जिल्ला अस्पतालमा सर्पले टोकेका बिरामी दैनिक आउने गरेकामा गत साता एक जनाको मृत्यु भएको थियो भने सर्पदंशकै कारण गत साता बर्दिबास नगरपालिकास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पनि दुई जनाको मृत्यु भएको थियो ।

सर्प दंशका बिरामीलाई लगाइने ‘एन्टिस्नेक भेनम’ नामको सुई आफूहरुसँग प्रर्याप्त रहेको र सर्पले टोकेपछि अस्पतालमा आइसकेका व्यक्तिलाई औषधिकै कारण मृत्युवरण गर्न नदिने मेसु साहले प्रतिवद्धता व्यक्त गर्नुभयो ।