२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मासुको भाउ बढ्नुमा महिलाको तिघ्रा जिम्मेवार’



अ+ अ-

बिस्केक । मध्य एसियाली देश किर्गिजस्तानका एक अवार्ड विजेता मौलाना सदायबाकास दुलोभले महिलाबारे दिएको अभिव्यक्ति विश्वभर आलोचनाको विषय बनेको छ ।

मौलानाले मासुको भाउ बढ्नुमा कम लुगा लगाउने महिला जिम्मेवार रहेको बताएका छन् ।

यति मात्र होइन महिलाले आफ्नो तिघ्रालाई औँला जस्तो देखाउँदा मासु सस्तो हुने उनले लाजमर्दो बयान दिए ।

इस्लामिक युनिभर्सिटीका पूर्व प्रमुख मौलाना डोलोभले मासुको मूल्य घटाउन महिलाहरूलाई बढी लुगा लगाउन आग्रह गर्न वृद्धवृद्धाहरूलाई अपील गरे।

रेडियो फ्री युरोपको रिपोर्टका अनुसार मौलानाले महिलाले आफ्नो शरीर धेरै देखाएर आफूलाई सस्तो बनाएका कारण मासुको मूल्य बढेको दाबी गरेका छन् ।

उनले भने, “तिम्रो ठाउँमा मासु कहिले महँगो हुन्छ थाहा छ ? महिलाको मासु सस्तो भएपछि यसको पैसा बढ्छ। महिलाको मासु सस्तो हुन्छ जब उनीहरुले आफ्नो अंगहरू देखाउँछन्, औंलाहरू जस्तै तिघ्रा पनि देखाउन थाल्छन्।” मौलाना दुलोभले भर्खरै राजधानी बिस्केमा एक कार्यक्रमको क्रममा भनेका हुन्।

‘इमामविरुद्ध फौजदारी अनुसन्धान थाल’

मौलानाको यो विवादास्पद बयान अहिले सामाजिक सञ्जालमा तीव्ररुपमा शेयर भइरहेको छ । दुलोभको यो बयानपछि महिलाहरु आक्रोशित भएका छन् । धेरै महिलाहरूले इमाम विरुद्ध फौजदारी अनुसन्धान सुरु गर्न सरकारसँग माग गरेका छन्।

हाल यी मौलाना राजधानीको स्वेर्दलोभ जिल्लाको एक मस्जिदमा इमामको रूपमा तैनाथ छन्। दुलोभले कसैको इज्जत र प्रतिष्ठा हनन गरेका छन् कि छैनन् भनेर निर्धारण गर्न उनको बयानलाई जाँच गरेको राज्य धार्मिक प्राधिकरणका अधिकारीहरूले बताए ।

मौलाना दुलोभले आफ्नो बयानबाट कुनै इस्लामिक कानूनको उल्लङ्घन नगरेको अनुसन्धानबाट पत्ता लागेको धार्मिक प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

उनीहरुले दुलोभको भाषणलाई धेरैले गलत बुझेको पनि दाबी गरे । अर्कोतर्फ बढ्दो विवादपछि अब दुलोभले पनि आफ्नो भनाइलाई गलत ढंगले प्रस्तुत गरिएको दाबी गरेका छन् ।

मौलानाका अनुसार उनले भनेको के हो भने सबै मुद्दाहरूका लागि अधिकारीहरूलाई जिम्मेवार ठहराउनु हुँदैन। उनले किर्गिजस्तानका जनतालाई आफ्नो नैतिक मूल्यमान्यता परीक्षण गर्न पनि सल्लाह दिए।

मौलानाले मासुको भाउ सस्तो भएको भन्दै महिलाहरु लुगाबिना हिँड्दा अरुको इज्जतमा चोट नलाग्ने बताए ।

किर्गिजस्तानमा मासुको मूल्यमा वृद्धि

किर्गिजस्तानमा मासुको मूल्य आकाशिएको बेला दुलोभको भनाइ आएको हो। जुनमा किर्गिजस्तानमा मासुको मूल्य प्रतिकिलो ६०० (स्थानीय मुद्रा) पुग्यो।

साथै आगामी दिनमा मासुको भाउ अझै बढ्ने सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एजेन्सी