२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको गीतले कमजोर भयौँ: माधव नेपाल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा कुनै भरोसा नभएको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरणमा उहाँले गठबन्धनको भर पर्दा अरुको सहारामा बाँच्नुपर्ने रहेछ भन्दै गठबन्धनको गीत गाइरहँदा स्थानीय निर्वाचनमा पार्टी कमजोर भएको बताउनुभयो ।

अरुको भरमा बाँच्ने मान्छेले केही गर्न सक्तैन भन्दै उहाँले भन्नुभयो, “आफ्नै शक्तिमा भरोसा गर्ने, आफ्नै तागतमा जित्छु भन्ने भरोसा भएकाहरुले मात्र पार्टीको पनि भरोसा जित्न सक्ने रहेछन् ।”

आफ्नो आधार र शक्ति बनाउन नसक्नेहरु अरुको आशामा बाँच्नुपर्ने यथार्थ पोख्दै अध्यक्ष नेपालले आफ्नै तयारी गरेर स्थानीय निर्वाचनमा उठेको भए थप स्थान जित्न सकिने बताउनुभयो ।

आफ्नै खुट्टामा उभिन नसक्नु पार्टीको कमजोरी हो भन्दै उहाँले स्थानीय निर्वाचनका बेला कतिपयले धोका दिएको, सहमति कायम गर्न नसकिएको र पार्टीभित्रै पनि अन्तर्घात भएको उल्लेख गर्नुभयो ।

उहाँले गठबन्धनको अभ्यासका क्रममा पार्टीबाट धेरै कमजोरी भएको स्वीकार गर्नुभयो ।