२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशिक्षक पुबुदु दासानायकेले दिए राजीनामा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट पुबुदु दासानायकेले राजीनामा दिएका   छन् । आज बुधवार काठमाण्डौमा आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

श्रीलंकाको पूर्वक्रिकेटर समेत रहेका दासानायके गत मंसिरमा दोस्रोपटक नेपाली क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त भएका थिए । तर, पछिल्ला खेलमा नेपाली टोलीको खराब नतिजा आउने क्रम बढेसँगै उनी दबाबमा थिए ।

उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–२० विश्व कप खेलेको थियो । बंगलादेशमा आयोजित टी–२० विश्वकपमा नेपालले राम्रो स्थान बनाएको थियो ।

मुख्य प्रशिक्षकमा दोस्रो पटक नियुक्त भएको आठ महिनामै पुबुदुले व्यक्तिगत कारण देखाई राजीनामा दिएका हुन् । उनले राजीनामा दिएका नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुष्टि गरेको छ ।

पुबुदु पहिलो पटक सन् २०११ मा नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए ।