२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय छानबिन समितिले भोलि जनार्दन शर्मासँग छलफल गर्ने



अ+ अ-

काठमाडौं । संसदीय छानबिन विशेष समितिले बिहीवार निःर्वतमान अर्थमन्त्री शर्मालाई बोलाएर छलफल गर्ने भएको छ ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधवार बसेको बैठकले सोधपुछको लागि निःर्वतमान अर्थमन्त्री शर्मालाई बोलाउने भएको हो । समितिका सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको बताउनु भयो ।

सचिव अर्यालले भन्नुभयो,‘ संसदीय छानबिन समितिले बिहीवार निःर्वतमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने भएको छ । संसदले दिएको १० दिनको समय अवधि पनि सकिँदै छ । समितिको म्याद थपको सन्दर्भमा छलफल भएको छ । तर समितिले निर्णय भने गरेको छैन ।’

सचिव अर्यालले छानबिनको लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल भएको बताउनु भयो । उहाँले समितिको म्याद थप गर्ने विषयमा छलफल भएपनि दिन किटान नगरिएको बताउनु भयो ।

समितिले म्याद थपको विषयमा छलफल मात्रै भएको भनिएपनि ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने संकेत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय अब दुई दिन मात्रै बाँकी रहेको छ ।

 




भर्खरै