२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘म’को ट्रेलर सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र मको ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

कान्तीपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्रमा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रासाईली लगायतका कालकारको अभिनय छ । प्रकाश पुरीको कथा, पटकथा रहेको फिल्मको निर्देशन सुवर्ण थापाले गरेका हुन् । कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले सुवर्ण थापा निर्देशित फिल्ममा अभिनय गर्न पाउनु आफ्नो लागि अवसर भएको बताउनु भयो ।

निर्देशक थापाले बनाएको सर्ट फिल्म मलामीजत्तिको सिनेमा अहिलेसम्म नेपालमा नबनेको दाबीसमेत गर्नुभयो । त्यस्तै कार्यक्रममा नायक निराजन प्रधानले ममा काम गर्न पाउँदा खुशी लागेको बताउनु भयो । त्यस्तै ट्रेलर हेर्न पुगेकी नायिका सुरक्षा पन्तले फिल्मले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो ।

आफ्नो अस्तित्वको खोजिको कथा भन्ने फिल्म ममा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रासाईलीसँगै पुनम श्रेष्ठ, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टलगायतका कलाकाहरु पनि रहेका छन् । फिल्म साउन २० गते प्रदर्शनमा आउँदैछ ।