२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साडियो माने अफ्रिकाको उत्कृष्ट फुटबलर बने



अ+ अ-

एजेन्सी । सेनेगलका फरवार्ड साडियो माने अफ्रिकाको उत्कृष्ट फुटबल खेलाडी घोषित भएका छन् ।

कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ)द्वारा बिहीबार राति मोरोक्कोमा आयोजित कार्यक्रमम मानेले अफ्रिकन फुटबलर अफ द इयर अवार्ड जितेका हुन् ।

मोरक्कोको राजधानीमा आयोजित विशेष कार्यक्रममा मानेलाई अवार्ड प्रदान गरिएको हो । ३० वर्षीय मानेले सेनेगलकै गोलकिपर एडुवार्ड मेन्डी र इजिप्टका मोहमद सालाहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

नयाँ सिजन अघि इंग्लिस क्लब लिभरपुलबाट जर्मन क्लब बायर्न म्युनिख पुगेका मानेले दोस्रो पटक यस अवार्ड जितेका हुन् । उनले २०१९ मा पनि यस अवार्ड जितेका थिए ।

उनकै कप्तानीमा सेनेगलले अफ्रिकन कप अफ नेसन्सको उपाधि जित्न सफल भएको थियो ।