२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०७९/०८० को मौद्रिक नीति सार्बजनिक , कर्जा बिस्तार १२ प्रतिशत सम्म



अ+ अ-

काठमाडौंं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ ।

शुक्रवार चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा बिस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताउनु भयो ।

गत आर्थिक वर्षमा कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत रहेको थियो । त्यस्तै बैंकबाट हुने कर्जा केन्द्रिकरण घटाउने भएको छ । नीतिमा कोभिड १९ को समयमा लिइएको सहुलियतलाई कटौती  गरिएकाे छ ।  बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाह हुने कर्जाको ब्याजदरलाई क्षेत्रगत रुपमा वर्गिकरण समेत गरिने भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जाको वृद्धिभन्दा कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहने बताउनु भयो ।

गभर्नर अधिकारीले कोभिड १९ को समयमा लिइएको सहुलियतलाई कटौती गरेको बताउनु भयो । उहाँले कृषि र कोभिड महामारीबाट अति प्रभावित क्षेत्रमा मात्र उपलब्ध गराउने गरी पुनर्कर्जा सुविधालाई पुनरावलोकन गरिने बताउनु भयो ।

नीितमा कर्जाको अधिकरण कम गरी उत्पादनशील क्षेत्र र व्यापारीक क्षेत्रमा प्रवाह हुने ब्याजदरमा अन्तर कायम गर्ने भएको छ ।