९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ महिना पछि ओली दाहाल ‘वान टु वान’ वार्तामा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ । केपी ओली सरकार बिस्तापित भएपछि ओली र दाहाल बीच पहिलो पटक वान टु वान वार्ता भएको हो ।

वार्तामा राजनीतिक गतिरोध , संसदमा टेवल भएको एमसीसी लगायतका बिषयमा छलफल हुने जनाईएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा संग छलफल सकिए लगत्तै ओली लाई भेट्न दाहाल नेकपा एमाले संसदीय दलको कार्यलयमा पुग्नु भएको थियो ।

 प्रधानमन्त्री शेरबहादुर देउवा संग सम्बन्ध बिग्रीन थालेपछि दाहालले ओली संग सम्पर्क बढाउनु भएको थियो । केही समय अघि एक टेलीभिजन अन्तरर्वाामा पनि दाहालले आफू बालकोट जान तयार रहेको बताउनु भएको थियो । हिजो मात्र ७१ औ जन्म दिन मनाउनु भएका ओलीलाई प्रचण्डले टेलिफोन गरी शुभकामना दिनु भएको थियो ।