९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सहमतिबिना एमसीसी पास हुँदैन– अर्थमन्त्री शर्मा



अ+ अ-

पर्वत । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सहमतिबिना अमेरिकी सहायता परियोजना एमसीसी पारित नहुने बताएका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको ४६औँ स्थापना दिवस तथा ३९औँ साधारणसभामा उनले राष्ट्रिय मुद्दा बनिसकेको एमसीसी समाधान भएर सजिलै पारित नहुने बताए ।

एमसीसीले समाज र पार्टीहरुलाई विभाजनमा ल्याएको भन्दै उनले कसैले पनि ‘मेरो गोरुको बाह्रै टक्का’ नभनी राष्ट्रिय सहमतिका आधारमा समाधान गर्नुपर्ने बताए । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा मन्त्री शर्माले एमसीसीमाथि छलफल गर्न प्रस्ताव गर्ने कार्यक्रम थियो ।

उनी एमसीसीमाथि छलफल प्रस्ताव गर्नुपर्छ भन्ने डरले हिजै बुधबार पर्वत गएका थिए । यद्यपि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।