९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरनिको राजमार्गको साँगा सडकखण्ड अवरुद्ध



अ+ अ-

काभ्रेपलाञ्चोक । सवारी साधन दुर्घटनामा गएराति मृत्यु भएका व्यक्तिका आफन्तले आज अरनिको राजमार्गअन्तर्गत काठमाडौँ उपत्यकाको पूर्वी नाका साँगा सडकखण्ड अवरुद्ध गरेका छन् । 

बनेपाबाट साँगातर्फ मोटसाइकलमा गइरहेका बनेपा नपा–१४ का ३२ वर्षीय विशाल तामाङको सवारी साधानको ठक्करबाट बुधबार राति मृत्यु भएपछि दोषी पत्ता लगाई कारबाहीको माग गर्दै स्थानीयवासीले आज बिहान १० बजेदेखि सडक अवरुद्ध पारेका हुन् । 

सडक अवरुद्ध हुँदा सयौँ सवारी साधानमा राजधानी जाने तथा काभ्रेपलाञ्चोकसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा मध्यपहाडी क्षेत्रहुँदै पूर्वी तराई जाने यात्रु अलपत्र परेका छन् । 

राति १० बजेतिर एक सवारी साधनको ठक्करले तामाङको मृत्यु भएको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कोइरालाले बताउनुभयो । रातको समयमा  ठक्कर दिनेसवारी साधानकोे खोजी कार्य भइरहेको  र अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास भइरहको उहाँले जानकारी दिनुभयो  । रासस