९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संसद् भवन नयाँ बानेश्वरमा अहिले प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथि छलफल हुने भएको छ ।

समितिको बैठकमा एमसीसी पारित गर्नुअघि यसलाई ध्वनि मतका आधारमा वा मतविभाजनका आधारमा पारित गर्ने भन्नेबारे छलफल भइरहेको बुझिएको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले एमसीसीलाई मतविभाजनमा लैजान माग राख्ने जनाएको छ । तर नेपाली कांग्रेसले ध्वनिमतका आधारमा एमसीसीलाई पारित गर्नुपर्ने बताउँदै आएको छ ।