६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रु एक लाखको चेक पत्रकार दाहाललाई हस्तान्तरण



अ+ अ-

विराटनगर । नेपाल प्रेस युनियन सुनसरी शाखाले सवारी दुर्घटनामा परेक सञ्चारकर्मी मनोज दाहाललाई रु एक लाख आज हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र युनियनको शाखा सभापति पवन अधिकारीसहितको टोली आज निजकै निवासमा पुगी सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा सङ्गठन आवश्यक पर्ने उल्लेख गर्दै पत्रकारिता क्षेत्रमा संलग्न भइसकेपछि मसँग संस्था र समुदाय छ भन्ने अनुभूति पत्रकारले गर्न पायो भने त्यही नै सबैभन्दा ठूलो सम्पत्ति हो भन्नुभयो । बीमाले उलब्ध गराएको रकमले सबै उपचार सम्भव नभए पनि संस्था साथै रहेको अनुभूतिले पनि ठूलो हौसला मिल्ने चर्चा गर्दै उहाँले प्रेस युनियनको कामको प्रशंसा गर्नुभयो ।

अध्यक्ष पोखरेलले पत्रकारको समस्यामा राज्यको लगानी आवश्यक छ भन्दै पत्रकार आफैँ पनि आर्थिकदेखि सामाजिकरूपमा परिपक्व बन्नुुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रेस युनियन सुनसरी शाखाका सभापति अधिकारीले युनियनले पत्रकारहरूको हकहितलगायत विभिन्न रचनात्मक कार्य गर्दै आएको स्मरण गर्दै बीमाकम्पनीसँग सहकार्य गरी दोस्रो चरणमा जिल्लाका दुई सय ७४ सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको जानकारी दिनुभयो ।

उहाँले कोरोनाकालमा ३० सञ्चारकर्मीलाई कोरोना बीमावापत रु ३० लाख हस्तान्तरण गरिसकेको जानकारी दिँदै सवारी दुर्घटनामा परी घाइते हुनुभएका दाहालको उपचारमा सम्भव भएसम्म मद्दत गरेको बताउनुभयो । रासस