२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

३२ तले ट्वीन टावर नौ सेकेन्डमै ध्वस्त !



अ+ अ-

एजेन्सी । भारतको ट्वीन टावरका रुपमा परिचित नोएडाका २ वटा विशाल भवन भत्काइएको छ । नोएडाको सेक्टर ९३ एको सुपरटेक टावरलाई सर्वोच्च अदालतको आदेशपछि भत्काइएको हो ।

१०० मिटरभन्दा अग्लो दुवै टावर ध्वस्त हुन करिब नौ सेकेण्ड मात्र लागेको छ । बिहान ७ बजे आसपासको सोसाइटीमा बसोबास गर्ने करिब ७ हजार मानिसलाई विष्फोट जोनबाट हटाइएको थियो । नेपाली समायानुसार २ः४८ बजे भवन भत्काइएको हो ।

विस्फोट हुँदा भवन भग्नावशेषमा परिणत भएको छ । कुतुबमिनारबाट ट्वीन टावरबाट ठ्याक्कै ९ मिटर टाढा छ । यहाँ ६५० फ्ल्याटमा लगभग २५०० मानिसहरू बस्छन् । यहाँका जनता सबैभन्दा बढी पीडित छन् ।

ट्विन टावर भत्काउने जिम्मा एडिफिस नामको कम्पनीले पाएको थियो । आयोजना प्रबन्धक मयुर मेहताको निगरानीमा यो काम भइरहेको छ । भवनमा ३ हजार ७ सय केजी बारूद भरिएको थियो । पिलरहरुमा लामो प्वालहरू बनाई बारूदले भरिएको थियो ।

३१ अगस्त २०२१ मा, सर्वोच्च अदालतले नोएडा सेक्टर ९३ ए मा निर्मित ट्विन टावरहलाई गैरकानूनी घोषित गर्दै भत्काउने आदेश दिएको थियो । ट्विन टावर छेउमा रहेको सोसाइटीका आरडब्लुएले ती टावरहरु अवैध रुपमा निर्माण भएको भन्दै अदालतमा उजुरी दिएका थिए ।

तस्बिरमा ध्वस्त हुनुभन्दा अघिको भवन