२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले पनि आजै राष्ट्रपतिसँग भेट गर्दै



file
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस पदाधिकारीले राष्ट्रपतिसँग भेटेकै दिन ओली पनि राष्ट्रपति भेट्न उहाँको शीतल निवास जान लाग्नुभएको हो ।

कांग्रेस नेताहरूसँगको छलफलपछि आजै साँझ ५ बजे राष्ट्रपतिले अध्यक्ष ओलीसँग भेट्ने तय भएको बताइएको छ ।

नागरिकतासम्बन्धी विधेयक पुनरावलोकनका लागि प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको राष्ट्रपति भण्डारीले पछिल्लो केही दिनयता छलफललाई तिव्रता दिनुभएको छ ।

राष्ट्रपतिले परिमार्जनका लागि फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएर राष्ट्रियसभामा पुगेको छ भने राष्ट्रियसभाले उक्त विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

यसै सन्दर्भमा आज सोमबार राष्ट्रपति भण्डारीले कांग्रेस नेताहरूसँग छलफल गर्नुभएको हो ।




भर्खरै