६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बागमतीको निर्णयः भदौ १५ भित्रै निर्वाचन क्षेत्र समन्वय कमिटी गठन गरिने



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश संगठन कमिटीको पदाधिकारी बैठकले बागमती प्रदेशका ३३ प्रतिनिधिसभा र ६६ प्रदेशसभा निर्वाचन क्षेत्रमा समन्वय कमिटी गठन गर्ने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले समन्वय कमिटी भदौ १५ गतेभित्रै गठन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिए ।

प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश इन्चार्ज काशिनाथ अधिकारी, सहइन्चार्ज कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, अरूण नेपाल, आनन्द पोखरेल, पार्वत गुरूङ, धर्मदत्त देवकोटा, उपाध्यक्ष रामहरि सुवेदी, सचिव विजय सुवेदी, उपसचिव रत्न गुरूङ र महेश बर्तौला सहभागि थिए ।

बैठकले गरेका निर्णयहरु यस प्रकार रहेका छन् –

१. नेकपा एमालेको बिधानको धारा ५९ को अधीनमा रहि यही १५ गते भित्र बागमती प्रदेशका ३३ प्रतिनिधिसभा र ६६ प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी गठन गर्ने ।

२. यसरी गठन भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले आफ्नो बैठक बसि पार्टी केन्द्रिय कमिटीले निर्धारण गरेको मापदण्ड र सिमा भित्र रहेर उम्मेद्बारको सिफारिस गर्नुपर्ने, उक्त सिफारिसको लागी भएको बैठकको निर्णयको प्रतिलिपी र प्रस्तावित उम्मेद्बारका सम्बन्धमा सम्बन्धित जिल्ला कमिटीको आवश्यक राय सहित यही भदौ २० गते भित्र उमेदवारको सुची प्रदेश कार्यालयमा पेश गर्नुपर्ने ।

३. समानुपातिक समाबेशिताको आधारमा यही भदौ २० गते भित्र प्रतिनिधिसभा र प्रदेश सभाको लागी समानुपातिक सुचीमा समाबेश गर्नुपर्ने कमरेडहरुको नामावली सम्बन्धित जिल्ला कमिटीहरुले प्रदेश पार्टी कार्यालयमा सिफारिस गर्नुपर्ने ।

४. बागमती प्रदेश सल्लाहकार परिषदको गठन भएको छ ।

५. यही भदौ २१ गते प्रदेश संगठन कमिटीको पुर्ण बैठक, तुल्सिलाल स्मृति हल च्यासल ललितपुरमा बस्ने निर्णय गरियो ।

६. पार्टी केन्द्रिय कमिटीको निर्णय बमोजिम बागमती प्रदेश सहइन्चार्जको जिम्मेवारी प्राप्त गर्नुहुने कमरेड धर्मदत्त देवकोटालाई बैठकमा औपचारिक स्वागत गरियो ।