६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस



file
अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस हुनुभएको छ ।

क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

यसअघि झापाकै एक कार्यक्रममा महामन्त्री शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताउनुभएको थियो ।

काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गर्नुभएको थियो । उहाँले यो तेस्रो पटकको ट्रायल हो भन्दै यसपटक अवश्य पास हुने बताउनुभएको थियो ।

चुनाव जित्ने दाबी गरेका शर्माले तीन पटकमा राँगा त छिन्छ भन्दै यसपटकको निर्वाचनमा राम्रो हिसाब किताब गरेर मात्रै उम्मेदवार बन्ने बताउनुभएको थियो ।

विसं २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गर्नुभएको थियो । त्यसअघि संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का नेता रविन कोइरालाले शर्मालाई पराजित गर्नुभएको थियो ।